कात्तिक १ गते २०८३ || October 17, 2026

विधेयकमाथि अनलाइनबाटै सुझाव दिन पाइने


पिपल अनलाइन
शनिबार, चैत २५ २०७९०६:५६

विधेयकमाथि अनलाइनबाटै सुझाव दिन पाइने

काठमाण्डौँ - संसद् सचिवालयमा दर्ता भएको विधेयकमा नागरिकले अब अनलाइन माध्यमबाटै सुझाव तथा प्रतिक्रिया दिन पाउने भएका छन् । सङ्घीय संसद् सचिवालयले यस्तो अभ्यासलाई नियमित र प्रभावकारी बनाउन शुक्रबारदेखि तीनवटा विधेयकमा पथप्रदर्शी अभ्यास सुरु गरेको छ । 

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले तत्काल तीनवटा विधेयकमाथि जनताको राय मागिएको जानकारी दिनुभयो । सङ्घीय संसद् सचिवालयको वेबसाइटमा गएर जनताले आफूलाई लागेको सुझाव दिन पाउनेछन् । 


  • सम्बन्धित विषय:

  • # विधेयकमाथि अनलाइनबाटै सुझाव दिन पाइने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend