कात्तिक १ गते २०८३ || October 17, 2026

'अब चाँडै कर्णाली सरकारमा कांग्रेस सहभागी हुनेछ' : उपप्रधानमन्त्री खड्का


पिपल अनलाइन
शनिबार, चैत २५ २०७९०२:०२

'अब चाँडै कर्णाली सरकारमा कांग्रेस सहभागी हुनेछ' : उपप्रधानमन्त्री खड्का

 सुर्खेत - उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

शनिबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको सहभागिता पनि चाडै हुने बताएका छन् ।

उनका अनुसार मन्त्री पठाउने विषयमा पार्टीमा विवाद नभएको जिकिर गर्दै सो बारेमा आन्तरिक छलफल चलिरहेकाले ढिलाई भएको हो । यद्दपी, अबको केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने उनको भनाई छ । ‘केही आन्तरिक कुराले मात्र सरकारमा मन्त्रीको नाम पठाउन ढिलाई भएको हो,’ उनले भने, ‘यस विषयमा अहिले पार्टीमा कुनै विवाद छैन्, एकदुई दिनमा सरकारले पुर्णता पाउँछ,’ उनले भने

शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्ने जनाउँदै कांग्रेस उपसभापतिसमेत रहेका खड्काले सरकारले हालै सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रमको जगमा नै टेकेर आगामी बजेट ल्याइने बताए ।


  • सम्बन्धित विषय:

  • # 'अब चाँडै कर्णाली सरकारमा कांग्रेस सहभागी हुनेछ' : उपप्रधानमन्त्री खड्का
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend