कात्तिक १ गते २०८३ || October 17, 2026

'जसलाई हामीले जेल कोच्ने भनेर लिस्ट बनाई राखेका छौं,उनीहरुले आलोचना गरिरहेका छन्' : रवि लामिछाने


पिपल अनलाइन
शनिबार, चैत २५ २०७९०३:३२

'जसलाई हामीले जेल कोच्ने भनेर लिस्ट बनाई राखेका छौं,उनीहरुले आलोचना गरिरहेका छन्' : रवि लामिछाने

काठमाण्डौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्ट मानिस र युवाहरुलाई पलायन गर्ने राजनीतिक दलका नेतालाई जवाफ दिन नसकिने बताएका छन ।

 चितवन–२ को उपनिर्वाचनका लागि आयोजना गरिएको आबुखैरनी सभालाई सम्वोधन गर्दै ३० बर्ष सरकारको नेतृत्व गर्नेहरुले युवाहरुलाई देशवाट पलायन गराएको उनको आरोप पनि छ ।

 नौं महिना अघि खुलेको पार्टी र ३० दिन मात्र सरकार चलाएको पार्टीलाई प्रश्न गर्ने ठाउँ नभएको पनि उनको भनाई छ । ‘हामीलाई त्यस्ता मान्छेहरुले आलोचना गरिरहेका छन, जसलाई हामीले जेल कोच्ने भनेर लिस्ट बनाई राखेका छौं,’ लामिछानेले भने, ‘त्यसैले भ्रष्ट मानिसहरुले सोधेको जवाफ एउटा पनि दिन्न किनकी तीनलाई जेल कोच्ने हो, जवाफ दिएर हिडने होइन ।’  उपनिर्वाचन नजिकिदैँ गर्दा उम्मेदवारहरुको चुनावी सभाहरु सुरु हुन थालेका छन् ।


  • सम्बन्धित विषय:

  • # 'जसलाई हामीले जेल कोच्ने भनेर लिस्ट बनाई राखेका छौं,उनीहरुले आलोचना गरिरहेका छन्' : रवि लामिछाने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend