कात्तिक १ गते २०८३ || October 17, 2026

उपप्रधानमन्त्री खड्काले भने-'देशको रक्षाका लागि प्रतिबद्ध छौँ' 


पिपल अनलाइन
शनिबार, चैत २५ २०७९०४:३१

उपप्रधानमन्त्री खड्काले भने-'देशको रक्षाका लागि प्रतिबद्ध छौँ' 

 सुर्खेत - ठूलो परिवर्तनबाट देशमा शान्ति र संविधान बनेकाले स्थिरता र देशको रक्षाका लागि बनेको गठबन्धन नभत्किने नेपाली कांग्रेसका उपसभापति तथा नेपाल सरकारका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले बताएका छन् ।

प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा देश र जननताको रक्षाका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको उपप्रधानमन्त्री खड्काले बताएका हुन् । राष्ट्रियतका रक्षाका लागि चुच्चे नक्सा सार्वभौम सम्पन्न सदनले पारित गरेको उपप्रधानमन्त्री खड्काले बताए । ‘हाम्रो मुलुकको भू–भाग यो हो भनेर नक्सा पारित गरेका छौँ । त्यो समस्याको समाधान दुइपक्षीय कुटनीतिक वार्ताद्वारा त्यसको समाधानको प्रक्रिया अगाडि बढछ ।’

उनले धैर्यवान भएर, इतिहासको पाठ सिक्दै, विश्वासको वातावरण बनाएर यस्ता समस्याको समाधान गर्नुपर्ने बताउँदै यो रक्षा मन्त्रालयले गर्ने कुरा मात्रै नभई नेपालको भूभागको रक्षा गर्ने कुरामा नेपाली सेना प्रतिबद्ध रहेको बताए ।


  • सम्बन्धित विषय:

  • # उपप्रधानमन्त्री खड्काले भने-'देशको रक्षाका लागि प्रतिबद्ध छौँ'
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend