कात्तिक १ गते २०८३ || October 17, 2026

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको सुधारको खाका १५ दिन भित्र पेश गर्न गृहमन्त्रीको निर्देशन


पिपल अनलाइन
आइतबार, चैत २६ २०७९०७:५६

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको सुधारको खाका १५ दिन भित्र पेश गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको तत्कालीन र दीर्घकालीन सुधारको खाका १५ दिन भित्र पेश गर्न निर्देशन दिएका छन् ।

शनिबार बिमानस्थलस्थित अध्यागमन कार्यालयको अनुगमन तथा निरीक्षणका साथै सेवाग्राहीको गुनासो सुन्दै उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले बिमानस्थलको बिभिन्न बिषयमा सुधारका लागि खाका तयार गरि १५ दिन भित्र पेश गर्न निर्देशन दिएका छन्।

सेवा प्रवाहको अवस्था, सेवाग्राहीले भोग्ने गरेका दुःख र हैरानी, लगेजको सुरक्षाको प्रश्न, राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर ‘अपराध र अपराधी’ नियन्त्रणमा शुन्य सहनशीलता, डिजिटलाईजेसन लगायतको विषयमा सुधारको खाका तयार पार्न उनले निर्देशन दिएका छन्।

त्यस्तै श्रेष्ठले बिमानस्थलमा श्रमिकलाई सम्मानजनक व्यवहार र पर्यटकलाई राम्रो सत्कार गर्ने पक्षमा कोही नचुक्न पनि निर्देशन भएको छ।


  • सम्बन्धित विषय:

  • # त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको सुधारको खाका १५ दिन भित्र पेश गर्न गृहमन्त्रीको निर्देशन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend