कात्तिक २ गते २०८३ || October 18, 2026

पाटन क्याम्पसमा स्वतन्त्र उम्मेदवार बिष्ट बिजयी


पिपल अनलाइन
आइतबार, चैत २६ २०७९०८:२१

पाटन क्याम्पसमा स्वतन्त्र उम्मेदवार बिष्ट बिजयी

 काठमाडौँ - पाटन संयुक्त क्याम्पसमा सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी भएका छन्। शनिवार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनवाट स्वतन्त्र उम्मेदवार बिष्ट बिजयी भएका हुन ।

गत चैत ५ गते हुनु पर्ने निर्वाचन आन्तरिक कारणले स्थगित भए पछि शनिवार निर्वाचन गरिएको थियो। जुन निर्वाचनवाट बिष्ट ८४१ मतसहित बिजय भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले निकट अनेरास्ववियुका उम्मेदवार सुरेश जिसी भने ६७२ मतमा सिमित भएका छन्।

सचिव पदमा अनेरास्ववियुका अभिनाष भण्डारी र कोषाध्यक्षमा अनेरास्वयुविकै तिलक बहादुर कुमाल विजयी भएका छन्। दुई जना सदस्य अखिल क्रान्तिकारीका विजयी भएका छन्। अन्य सदस्यहरुमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन्।


  • सम्बन्धित विषय:

  • # पाटन क्याम्पसमा स्वतन्त्र उम्मेदवार बिष्ट बिजयी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend