कात्तिक २ गते २०८३ || October 18, 2026

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, १०६ जना संक्रमित थपिँदा सक्रिय कति ? 


पिपल अनलाइन
मंगलबार, चैत २८ २०७९०४:४७

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, १०६ जना संक्रमित थपिँदा सक्रिय कति ? 

काठमाडौँ - कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २१ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार ४८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४६९ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

गत २४ घण्टामा देशभर ४७६ पीसीआर तथा १ हजार ९६० एन्टिजेन परीक्षण भएको छ ।


  • सम्बन्धित विषय:

  • # नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, १०६ जना संक्रमित थपिँदा सक्रिय कति ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend