कात्तिक १ गते २०८३ || October 17, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, के-के छन् सम्भावित कार्यसूचीहरु ? 


पिपल अनलाइन
बुधबार, चैत २९ २०७९०६:४२

प्रतिनिधिसभाको बैठक आज बस्दै, के-के छन् सम्भावित कार्यसूचीहरु ? 

काठमाडौँ - प्रतिनिधिसभाको बैठक आज बस्दै छ । पहिलो अधिवेशनको २२औँ बैठक बस्न लागेको हो । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्नेछ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

सभामुख देवराज घिमिरले शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । 


  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक आज बस्दै, के-के छन् सम्भावित कार्यसूचीहरु ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend