कात्तिक १ गते २०८३ || October 17, 2026

धरानका प्रमुख हर्क साम्पाङ्गको नेपालमा यस्तो  चर्चा !


बिहीबार , असार २ २०७९०७:४७

धरानका प्रमुख हर्क साम्पाङ्गको नेपालमा यस्तो  चर्चा !

काठमाडौँ - धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले धरानमा कमाल गरिरहेका छन् । यसैबिच उनले पानीको मुहान खानेपानीको जलाधार क्षेत्रमा सुरक्षामा खटिएका नगरप्रहरीलाई भेट्न जाँदा खाजा र पानी बोकेर पुगेको एउटा तस्विर सार्वजनिक भएको छ।

पहरामा रहेका नगरप्रहरीको लागि खाजा र पानी बोकेर पुगेका मेयर साम्पाङ्गले त्यहाँ नगरप्रहरीले भोगिरहेका समस्या बारेमा सोधपुछ समेत गरेको बताइएको छ । साम्पाङ्गले नगरप्रहरीलाई खानेपानीको मुहानमा दिशापिसाव गर्न अटेर गर्नेहरु भए नभएको बुझ्दै यदि कोही कसैले अटेर गरे गाडीको नम्बर नोट गर्न नगरप्रहरीलाई निर्देशन दिएका थिए ।

उनले अरु नगरप्रहरीको आवश्यकता रहे नरहेको समेत बुझेर मानवता देखाएका छन् । उनले धरानमा स्वतन्त्र रुपमा बाजी मारेसँगै तत्कालै खानेपानीको मुहान क्षेत्रमा सरसफाई गरी पानीको मुहानको सुरक्षाको लागि नगरप्रहरीको परिचालन गरिएको थियो ।

उनले खानेपानीको मुहान क्षेत्रमा नुहाउने , दिशापिसाव गर्ने कार्य बन्द गर्न एक सिफ्टमा ३ जनाको दरले नगरप्रहरी परिचालन गरेसँगै पानीको मुहानमा दिशापिसाव गर्ने र फोहोर फाल्न रोकिएको छ । 


  • सम्बन्धित विषय:

  • # हर्क साम्पाङ्ग


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend