कात्तिक १ गते २०८३ || October 17, 2026

सांसद श्रेष्ठका बारेमा निर्णय लिन बोलाएको रास्वपाको बैठक सर्‍यो


पिपल अनलाइन
बुधबार, चैत २९ २०७९११:२८

सांसद श्रेष्ठका बारेमा निर्णय लिन बोलाएको रास्वपाको बैठक सर्‍यो

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिको बैठक सरेको छ ।

सांसद ढाकाकुमार श्रेष्ठसँग  जोडिएको अडिओबारे निर्णय लिन बुधबार बिहान ९ बजेका लागि बोलाएको केन्द्रीय समितिको बैठक दिउँसो २ बजेका लागि सारिएको हो । 

केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन मंगलबार सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।


  • सम्बन्धित विषय:

  • # सांसद श्रेष्ठका बारेमा निर्णय लिन बोलाएको रास्वपाको बैठक सर्‍यो
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend