कात्तिक १ गते २०८३ || October 17, 2026

उपनिर्वाचनको पर्यवेक्षण गर्न ६ संस्थालाई अनुमति


पिपल अनलाइन
बुधबार, चैत २९ २०७९०१:१५

उपनिर्वाचनको पर्यवेक्षण गर्न ६ संस्थालाई अनुमति

काठमाडौँ - निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचननका लागि छ संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ ।

आयोगको यही चैत २८ गतेको बैठकबाट निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त गर्ने संस्थामा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोक, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, सुशासन महासङ्घ नेपाल, विश्व उपभोक्ता महासङ्घ नेपाल, पूर्व न्यायाधीश फोरम नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल छन् । 

बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ ।

 


  • सम्बन्धित विषय:

  • # उपनिर्वाचनको पर्यवेक्षण गर्न ६ संस्थालाई अनुमति
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend