असोज ३० गते २०८३ || October 16, 2026

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै


शुक्रबार, असार ३ २०७९११:४०

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौं - प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। बैठक आज शुक्रबार दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।

बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले ’सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ र ’बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची छ।

यस्तै, गृहमन्त्री बालकृष्ण खाणले ’सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, त्यसपछि विधेयक प्रस्तुत गर्ने, ’तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

 

 


  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा
  • # बैठक


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend