असोज ३० गते २०८३ || October 16, 2026

स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपालको हित विपरीत : प्रधानसेनापति शर्मा


शुक्रबार, असार ३ २०७९०१:०८

स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपालको हित विपरीत : प्रधानसेनापति शर्मा

काठमाडौं - नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपालको हितमा नभएको प्रस्ट पारेका छन् । एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहान बसेको बैठकमा जवाफ दिदै शर्माले उक्त कुरा बताएका हुन् ।

मिडियामा जे विषय कुरा आए पनि त्यसमा सत्य छैन र नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने उनले स्पष्ट पारेको छ। सैन्य गठबन्धनसम्बन्धी अमेरिकी अधिकारीहरुलाई जानकारी दिइसकेको र शर्माले नेपाली सेनाले शान्ति स्थापनार्थ खटिएका टोलीको निरीक्षणका लागि अमेरिकाको भ्रमण गर्न लागेको स्पष्ट पारे । 

अमेरिकालाई नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतिमा एसपीपी सम्बन्धी पत्र पठाइएकोबारे प्रधानसेनापति शर्माले स्वीकार गरे । पत्रमा सैन्य गठबन्धनका लागि नलेखिएको उनले बताए ।

नेपाली सेनाले लेखेको पत्र बाहिरी चर्चामा आएको छ, त्यो सत्य हो तर चिठीमा सैन्य अलाएन्स लेखिएको छैन । भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको थियो, उनले बैठकमा भने। 

सैन्य गठबन्धनमा सहभागी हुने भन्ने कुरामा सत्य छैन  ‘मैले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई जानकारी गराइसकेको उनले सांसदहरुसँग भने ।


  • सम्बन्धित विषय:

  • # प्रधानसेनापति
  • # एसपीपी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend