कात्तिक २ गते २०८३ || October 18, 2026

राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा क्षितिज थेवे निर्वाचित 


पिपल अनलाइन
बिहीबार , चैत ३० २०७९०३:३४

राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा क्षितिज थेवे निर्वाचित 

काठमाण्डौँ - नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा क्षितिज थेवे निर्वाचित भएका छन् । नेपालगञ्जमा चैत २७ गतेदेखि जारी महाधिवेशनले बिहीबार थेवेको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो । 

अध्यक्षका उम्मेदवार निवर्तमान कार्यसमितिका उपाध्यक्ष सन्तोष रावलले सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै उम्मेदवारी फिर्ता लिएपछि अध्यक्ष मण्डलका सदस्य एमाले  पोलिटब्यूरो सदस्य तथा सङ्घका इन्चार्ज महेश बस्नेतले पदाधिकारी सर्वसम्मत भएको घोषणा गरे ।  

अध्यक्षमा निर्वाचित थेवे सङ्घका निवर्तमान महासचिव हुन् । यसैगरी उपाध्यक्षमा अमित लामा, कृष्णहरी केसी, पुष्पराज श्रेष्ठ, महाराज गुरुङ, सिता सुवेदी र रमेश तिवारी, प्रकाश गौतम सर्वसम्मत भएका छन् ।  


  • सम्बन्धित विषय:

  • # राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा क्षितिज थेवे निर्वाचित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend