कात्तिक २ गते २०८३ || October 18, 2026

आजदेखि वर्ष २०८० प्रारम्भ, शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइँदै


पिपल अनलाइन
शुक्रबार, वैशाख १ २०८००६:५७

आजदेखि वर्ष २०८० प्रारम्भ, शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइँदै

काठमाण्डौँ - आज शुक्रबारबाट विक्रम सम्वत २०८० सुरु भएको छ । १ वैशाखलाई नेपालीले नयाँ वर्षको रुपमा मनाउँदै आएको छ । 

नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन शुक्रबार देश तथा विदेशमा रहेका नेपालीले एकअर्कामा शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइरहेका छन् । 

नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । जस कारण नयाँ वर्षको दिन साथीभाइ तथा परिवारका सदस्यहरु भेला भएर घुम्न जाने, रमाइलो गर्ने गर्छन्  । यसदिन नयाँ कामको थालनी गर्ने परम्परा पनि छ । 


  • सम्बन्धित विषय:

  • # आजदेखि वर्ष २०८० प्रारम्भ, शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend