कात्तिक १ गते २०८३ || October 17, 2026

'संवैधानिक कर्तव्य र जिम्मेवारी पूरा गर्दा मुलुकमा शान्ति, विकास र समृद्धि कायम हुन्छ' : राष्ट्रपति पौडेल 


पिपल अनलाइन
शुक्रबार, वैशाख १ २०८००७:०७

'संवैधानिक कर्तव्य र जिम्मेवारी पूरा गर्दा मुलुकमा शान्ति, विकास र समृद्धि कायम हुन्छ' : राष्ट्रपति पौडेल 

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन् । 

नव वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गरे ।

उनले भने , “सार्वभौमिक सत्ता सम्पन्न जनताका प्रतिनिधिहरूबाट निर्मित विधि र पद्धतिबमोजिम संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था चल्ने चलाउने भन्ने नै संवैधानिक राष्ट्रिय प्रतिज्ञा र घोषणा भएकाले मुलुक सोहीअनुरूप अघि बढ्नु पर्दछ भन्नेमा मेरो प्रतिबद्धता छ ।”

राष्ट्रपति पौडेलले संवैधानिक कर्तव्य र जिम्मेवारी पूरा गर्दा वा जुनसुकै कार्य पनि लोकतान्त्रिक मूल्य, मान्यता र परम्परालाई आत्मसात् गरे मात्र मुलुकमा शान्ति, विकास र समृद्धि कायम भई समाजवादतर्फ उन्मुख हुने विश्वाससमेत व्यक्त गरेका छन् । 


  • सम्बन्धित विषय:

  • # 'संवैधानिक कर्तव्य र जिम्मेवारी पूरा गर्दा मुलुकमा शान्ति, विकास र समृद्धि कायम हुन्छ' : राष्ट्रपति पौडेल
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend