असोज ३० गते २०८३ || October 16, 2026

बूढीगङ्गा नगरपालिकामा असार २३ गते पुन निर्वाचन हुने 


शुक्रबार, असार ३ २०७९०२:३६

बूढीगङ्गा नगरपालिकामा असार २३ गते पुन निर्वाचन हुने 

बाजुरा -  बूढीगङ्गा नगरपालिकामा असार २३ गते पुन निर्वाचन हुने भएको छ । विहीबार बसेको सर्वपक्षीय बैठकमा सहमती भएपछि असार २३ गते निर्वाचनको समय तोकिएको बूढीगङ्गा नगरपालिकाको निर्वाचन कार्यालयले जनाएको छ ।

नेकपा (एमाले)ले सर्वोच्च अदालतमा दिएको मुद्दाको कम्तीमा एक पटक सुनुवाइ सुन्ने गरी बैठक सार्नु पर्ने एमालेले माग राख्दै आएका थियो । जनप्रतिनिधि विहीन हुँदा बूढीगङ्गा नगरपालिकाका स्थानीयको काम कार्य सहजमा भएकोले समयमै निर्वाचन हुनुपर्ने काँग्रेसको मागको थियो  ।

सर्वदलीय बैंठकले असार २३ गते निर्वाचनको समय तोकिएपछि स्थानीयले बल्ल जनप्रतिनिधि पाउँने आशा राखेका छन् । वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा बाजुराका नौ वटा स्थानीय तह मध्ये बूढीगङ्गा नगरपालिकामा फर्जि मत हाल्ने विषयमा धाँधली हुँदा यहाँको मतगणना रोकिएको थियो ।

काँग्रेस र एमालेले आफ्नो पहुँचका मतकेन्द्रमा एकलौटी मत प्रयोग गरेपछि मतगणना रोकिएको थियो । बूढीगङ्गा नगरपालिकाको २, ३, ५, ९ मा नेकपा एमाले र ४, ७ मा नेपाली काँग्रेसका कार्यक्रताले एकलौटी मतदान गरेपछि धाँधली भएको स्थानीयले बताएका छन् । बाजुरामा अहिले दुइ नगर तीन गाउँपालिका एमालेको जित भएको छ भने एक नगरपालिका र दुइ गाउँपालिका काँग्रेसले जितेको छ ।


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • # बूढीगङ्गा नगरपालिका


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend