कात्तिक ३ गते २०८३ || October 19, 2026

सवारीचालक अनुमतिपत्र लाइसेन्सको काम तीन दिनदेखि प्रभावित


पिपल अनलाइन
शनिबार, वैशाख २ २०८००७:१७

सवारीचालक अनुमतिपत्र लाइसेन्सको काम तीन दिनदेखि प्रभावित

काठमाण्डौँ - सरकारको बेवास्ताका कारण सवारीचालक अनुमतिपत्र लाइसेन्सको काम तीन दिनदेखि प्रभावित बनेको छ । लाइसेन्सका लागि प्रयोग गरिने प्रणाली सिस्टममा आएको समस्याका कारण तीन दिनदेखि नयाँ लाइसेन्स लिने र नवीकरणको काम ठप्प बन्न पुगेको हो । 

पटकपटक देखिने यस्तो समस्याका कारण सेवाग्राही समस्या पर्दै आएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री फेरिनेबित्तिकै मन्त्रीको चासो यातायात व्यवस्था विभागका कर्मचारी सरुवामा गए पनि यस्ता सर्वसाधारणसँग प्रत्यक्ष जोडिने समस्या समाधानमा भने जाने गरेको छैन । यातायात व्यवस्था विभागले गत बुधबार सूचना जारी गर्दै अनलाइन लाइसेन्स र नवीकरणको काम ठप्प भएको जनाएको थियो । 

प्रणाली अझै सञ्चालनमा आइसकेको छैन । सरकारको एकीकृत डेटा सेन्टरको सर्भरमा समस्या आएको भन्दै सरकारी पक्ष आफ्नो जिम्मेवारीबाट पन्छिने गरेका छन् । विभागले डेटा सेन्टरमा डेटा लस्ट भएको ९हराएको० आशंकामा सिस्टम रिकभर गर्न यस्तो समस्या आएको जनाइएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।


  • सम्बन्धित विषय:

  • # सवारीचालक अनुमतिपत्र लाइसेन्सको काम तीन दिनदेखि प्रभावित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend