असोज ३० गते २०८३ || October 16, 2026

स्कुटर दुर्घटना हुँदा शिक्षिकाको मृत्यु


शुक्रबार, असार ३ २०७९०४:२०

स्कुटर दुर्घटना हुँदा शिक्षिकाको मृत्यु

काठमाडौं - नुवाकोटमा विद्यालय हिडेकी एक शिक्षिका स्कुटरसहित भिरबाट लडेर खोलामा खसेकी छिन् ।

तादी गाउँपालिका–४ स्थित घिरौले भिरमा सुन्दरा मावि सातबीसेमा अध्यापन गर्ने राधिका आचार्यको शव फेला परेको प्रहरीले जनाएको छ।

शिक्षिका बा ९७ प ६९२५ नम्बरको स्कुटरमा विद्यालय जाँदै थिइन् । उनी सवार स्कुटर अनियन्त्रित भएर दुर्घटनाभएपछि खोलाले बगाउँदा आचार्यको ज्यान गएको हो । उनको घर दुप्चेश्वर गाउँपालिका–६मा पर्छ ।


  • सम्बन्धित विषय:

  • # नुवाकोट
  • # स्कुटर दुर्घटना


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend