कात्तिक १ गते २०८३ || October 17, 2026

उपनिर्वाचनमा सत्ता गठबन्धन : तीनैजना उम्मेदवारलाई जिताउने सहमति


पिपल अनलाइन
शनिबार, वैशाख २ २०८०१२:५४

उपनिर्वाचनमा सत्ता गठबन्धन : तीनैजना उम्मेदवारलाई जिताउने सहमति

काठमाडौँ - सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच वैशाख १० को उपनिर्वाचनलाई फलदायी बनाउने सहमति बनेको छ । 

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच उपनिर्वाचन केन्द्रीत छलफल भएको हो । 

वैशाख १० मा तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । सत्ता गठबन्धनबाट कांग्रेसतर्फ तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जीतनारायण श्रेष्ठ तथा बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्। यसपटकको उपनिर्वाचनमा माअ‍ोवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले आफ्नो उम्मेदवार उठाएका छैनन् । 


  • सम्बन्धित विषय:

  • # उपनिर्वाचनमा सत्ता गठबन्धन : तीनैजना उम्मेदवारलाई जिताउने सहमति
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend