कात्तिक २ गते २०८३ || October 18, 2026

प्रतिकूल मौसमले आन्तरिक हवाई उडानमा बिहानैबाट प्रभावित


पिपल अनलाइन
आइतबार, वैशाख ३ २०८०१२:५७

प्रतिकूल मौसमले आन्तरिक हवाई उडानमा बिहानैबाट प्रभावित

काठमाडौँ - प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । 

बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुदाँ पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार पोखरासहित तीन आन्तरिक गन्तव्यमा पूर्णरूपमा उडान प्रभावित भएको छ । सिमराको उडान भर्खरै खुलेको छ। पोखरा, भरतपुर र तुम्लिङटारको उडान अझै खुल्न सकेको छैन। तीन गन्तव्यहरूमा अहिलेसम्म उडान हुन नसके पनि केही गन्तव्यहरूमा भने मौसम खुलेसँगै उडान सुरु भएको हो ।


  • सम्बन्धित विषय:

  • # प्रतिकूल मौसमले आन्तरिक हवाई उडानमा बिहानैबाट प्रभावित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend