असोज ३० गते २०८३ || October 16, 2026

अमेरिका भ्रमणको औपचारिक कार्यक्रम तय भएपछि जानकारी गराउनेछु : प्रम शेरबहादुर देउवा


आइतबार, असार ५ २०७९११:४९

अमेरिका भ्रमणको औपचारिक कार्यक्रम तय भएपछि जानकारी गराउनेछु : प्रम शेरबहादुर देउवा

काठमाडौं  - प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताएको छ।

उनले आज नेपाली कांग्रेस सचेतक पुष्पा भुसालसँगको भेटमा भ्रमण तय भएपछि सदन वा संसदीय समितिमा आएर औपचारिकरूपमा जानकारी गराउने इच्छा व्यक्त गरेको हो। 

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भ्रमणका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री देउवालाई समिति बैठकमा बोलाएको सन्दर्भमा समिति सदस्यसमेत रहेका  सचेतक भुसालले आइतबार उनिसँग भेट गरेका थिए। 

समितिको यसअघिको बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमणका सम्बन्धमा प्रारम्भिक छलफल भएको तर अन्तिम टुङ्गो लागिनसकेको स्पष्ट पारे थिए। समितिले नेपालको परराष्ट्र नीति कार्यान्वयन र प्रधानमन्त्रीको भ्रमणका सम्बन्धमा छलफल गर्न आज बैठक बोलाएको थियो। प्रधानमन्त्री देउवा आफ्नो कार्यव्यस्तताका कारण बैठकमा उपस्थित हुन नसकेको बुझिएको छ। 

बैठकले प्रधानमन्त्रीको भ्रमणको कार्यसूचीबारे छलफल र जानकारीका लागि प्रधानमन्त्री/रक्षामन्त्रीलाई आगामी बैठकमा पुनःआमन्त्रण गर्ने निर्णय गरेको समिति सभापति पवित्रा निरौला (खरेल)ले जानकारी दिनुए। साथै बैठकले समितिको प्रतिवेदन, २०७९ आवश्यक परिमार्जनसमिति पारित गरेको छ। 

बैठकमा बोल्ने अधिकांश समिति सदस्यले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सन् २०१९ पछि अमेरिकाकै ‘इण्डो प्यासिफिक रणनीति’ मा आबद्ध भएको प्रतिवेदनमा उल्लेख भएपछि नेपाल त्यसबाट फिर्ता हुन नेपाल सरकारले पत्र लेख्नुपर्ने सुझाव दिएका थिए ।


  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend