कात्तिक २ गते २०८३ || October 18, 2026

आजको मौसम : देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव 


पिपल अनलाइन
सोमबार, वैशाख ४ २०८००७:१०

आजको मौसम : देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव 

काठमाण्डौँ - हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने छ । महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी पहाडी भू–भागका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

त्यस्तै लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरी र उपत्यका लगायत केही स्थानमा तुवाँलोको सम्भावना रहेको महाशाखाले जनाएको छ। 
राती भने पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। 


  • सम्बन्धित विषय:

  • # आजको मौसम : देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend