कात्तिक २ गते २०८३ || October 18, 2026

चैतमा दोब्बर डढेलो


पिपल अनलाइन
सोमबार, वैशाख ४ २०८००८:३१

चैतमा दोब्बर डढेलो

काठमाडौँ - पछिल्लो ६ महिना वर्षा नभएको कारण यस वर्ष देशभरि वन तथा निकुञ्ज क्षेत्रभित्र डढेलोको घटना बढेको छ, जसको कारण काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबबाट विश्वमा सबैभन्दा बढी वायु प्रदूषित सहरहरूको सूचीमा पहिलो स्थानमा पुगेको छ ।

वातावरणविद्हरू काठमाडौँ प्रदूषित सहर हुनुमा काठमाडौँ उपत्यकाका वरिपरि लागेको डढेलो नै प्रमुख कारण रहेको बताएका छन् । उनीहरूका अनुसार बारा, पर्सा, चितवनलगायतका जिल्लाबाट बागमती कोरिडोर हुँदै प्रदूषण काठमाडौँ उपत्यका आइपुगेको छ । तर उपत्यका भित्रिएका प्रदूषित हावा उपत्यकाबाहिर जान नसकी उपत्यकामै थुप्रिएको छ ।

वन तथा भूसंरक्षण विभाग वन व्यवस्थापन महाशाखाका अनुसार २०७८ चैतको तुलनामा २०७९ चैतमा झन्डै दोब्बर डढेलोको घटना बढेको छ । महाशाखाका अनुसार २०७८ चैतमा २ सय ६७ वटा डढेलाका घटना भएका थिए भने २०७९ चैतमा ५ सय ४० वटा डढेलोका घटना भएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।


  • सम्बन्धित विषय:

  • # चैतमा दोब्बर डढेलो
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend