कात्तिक ३ गते २०८३ || October 19, 2026

उपनिर्वाचन प्रचारमा हेलिकप्टर प्रयोग नगर्न आयोगको आग्रह


पिपल अनलाइन
बुधबार, वैशाख ६ २०८००७:१५

उपनिर्वाचन प्रचारमा हेलिकप्टर प्रयोग नगर्न आयोगको आग्रह

काठमाण्डौँ - निर्वाचन आयोगले यही वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको प्रचारप्रसारमा हेलिकप्टर प्रयोग नगर्न राजनीतिक दललाई आग्रह गरेको छ ।

निर्वाचन प्रयोजनका लागि लागू भएको निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ को खण्ड ५ मा राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने व्यवस्था छ ।

यो व्यवस्था नेपालको भौगोलिक जटिलता रहेका तथा विकट स्थानमा राजनीतिक दलले आफ्नो निर्वाचन प्रचारप्रसार गर्न पाऊन् भन्ने उद्देश्यले राखिएको आयोगले स्पष्ट पारेको छ ।


  • सम्बन्धित विषय:

  • # उपनिर्वाचन प्रचारमा हेलिकप्टर प्रयोग नगर्न आयोगको आग्रह
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend