असोज ३० गते २०८३ || October 16, 2026

काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा भूमिगत पार्किङका लागि अध्ययन गर्ने


सोमबार, असार ६ २०७९०८:०९

काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा भूमिगत पार्किङका लागि अध्ययन गर्ने

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा भूमिगत पार्किङका लागि अध्ययन गर्ने भएको छ । ट्राफिक जाम र पार्किङको समस्या भोग्दै आएको महानगरभित्र ठूलो क्षेत्रफलमा सुविधा सम्पन्न पार्किङ निर्माण गर्ने योजना महानगरपालिकाको आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेटिएको छ । 

महानगरपालिकाको ११औँ नगर सभामा सार्वजनिक गर्दै महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फोहोरबाट ऊर्जा उत्पादनका लागि महानगरसहित अन्य स्थानीय तहका उपयुक्त स्थानमा ‘वेस्ट टु इनर्जी प्लान्ट’ स्थापना गर्ने नीति बनाएको बताउनुभयो । 

महानगरपालिकाले महानरवासीको गुनासो सुनवाइ गरी कार्यान्वयन गर्ने उद्देश्यले हरेक महिनाको पहिलो आइतबार “जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने, महानगरपालिकाको कामलाई पारदर्शिता कायम गर्न महानगरअन्तर्गतका सबै वडा र मतहतका कार्यालयमा सीसी क्यामरा जडान गर्ने कुरा नीतिमा समावेश छ । महानगरका करदाताको स्वास्थ्य बीमाका लागि ५० प्रतिशत अनुदान दिने महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । 


  • सम्बन्धित विषय:

  • # काठमाडौं महानगरपालिका
  • # खुलामञ्च


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend