कात्तिक १ गते २०८३ || October 17, 2026

देशमा लोकतन्त्र संस्थागत गर्न आगामी निर्वाचनसम्म गठबन्धन कायमै : डा. देउवा


मंगलबार, असार ७ २०७९१०:५१

देशमा लोकतन्त्र संस्थागत गर्न आगामी निर्वाचनसम्म गठबन्धन कायमै : डा. देउवा

पर्वत - cका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले देशमा लोकतन्त्र संस्थागत गर्नका लागि आगामी संघ र प्रदेशको निर्वाचनसम्म गठबन्धन कायमै रहने बताएकी छन् । 

नेपाली कांग्रेस पर्वतले मंगलबार कुश्मामा आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको बधाई तथा शुभकामना कार्यक्रममा बोल्नदै डा. देउवाले यस्तो बताएकी हुन् । 

लोकतन्त्रको रक्षा र देशको राष्ट्रियता बचाउनका लागि आगामी निर्वाचनसम्म गठबन्धन धानेर लैजानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । उनले भने, ‘‘आगामी निर्वाचनसम्म गठबन्धन गरेरै जाने तयारी छ। अहिलेको गठबन्धन कसरी भएको हो भन्ने कुरा सबैलाई अवगत नै छ। सोही अनुसार सबै नेता कार्यकर्ताले बुझ्नुपर्ने आवश्यकता छ।’’ 

नेपाली कांग्रेस देशकै ठूलो पार्टी भएकाले नेतालाई जिम्मेवारी दिने कुरामा पनि चुनौती रहेको उहाँको भनाइ छ। ‘‘फेरि पनि निर्वाचनमा सबैलाई टिकट नहुनसक्छ। तर, पार्टीका कार्यकर्ताले त्याग गरेर पनि पार्टीलाई बलियो बनाउन र जिताउन लाग्नुपर्छ’’, उनले भने। 

कांग्रेसका हरेक कार्यकर्तालाई मिलाएर लैजान पार्टी सभापतिले अधिकतम पहल गरेको उनको भनाइ छ। उनले कांग्रेसका जनप्रतिनिधिलाई सुशासन कायम गरेर जनताले देख्ने विकास तथा पारदर्शी काम गर्न आग्रह गरे। ‘‘जनप्रतिनिधिले जनताले देख्ने काम गर्नुपर्छ। त्यत्तिले मात्र पुग्दैन। पारदर्शी र जिम्मेवार भएर काम गर्नुहोला’’, उनले 
भने। 

 


  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # आरजु राणा देउवा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend