कात्तिक २ गते २०८३ || October 18, 2026

उपनिर्वाचन : मौन अबधि सुरु, के-के छन् नियमहरु ?


पिपल अनलाइन
शुक्रबार, वैशाख ८ २०८००८:४२

उपनिर्वाचन : मौन अबधि सुरु, के-के छन् नियमहरु ?

काठमाडौँ - निर्वाचन आयोगले १० वैशाखमा हुने उपनिर्वाचनका लागि आजवाट प्रचारप्रसार गर्न रोक लगाएको छ।

बिहीबार मध्यराति १२ बजेदेखि १० वैशाखसम्म मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। १० वैशाखमा बार२, चितवन२ र तनहुँ१ मा प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदै छ।

‘प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन २०८० का लागि निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयन भइरहेको अवगत नै छ,’ उनले भने, ‘उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने व्यवस्था गरिएको छ। उक्त व्यवस्थाबमोजिम आज मिति २०८० वैशाख ७ गतेको राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहनेछ।’


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend