कात्तिक २ गते २०८३ || October 18, 2026

भोलि चितवनमा सवारीसाधन बन्द 


पिपल अनलाइन
शनिबार, वैशाख ९ २०८००२:०२

भोलि चितवनमा सवारीसाधन बन्द 

 काठमाण्डौँ - भोलि आइतबार चितवनमा सवारीसाधन चलाउन रोक लगाइएको छ ।

उपनिर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिले राजमार्गसहित जिल्ला भर नै बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म पूर्णरूपमा यातायात सञ्चालनमा रोक लगाइएको हो ।

यसअघि प्रशासनले मुख्य राजमार्गमा लामो दूरीका सवारीसाधनलाई सुरक्षाकर्मीले स्कर्टिङसहित कटाउने निर्णय गरेको थियो । तर उक्त निर्णय बदर गर्दै पूर्ण रूपमा बन्द गराउने निर्णय भएको हो ।

एम्बुलेन्स, दमकलजस्ता अति आवश्यक सवारी साधन भने चल्ने दिइने छ । बाँकी काठमाडौंबाट चितवन हुँदै जाने सवारीसाधन धादिङमा र काठमाडौं भित्रिने सवारीसाधन मकवानपुरमै रोकिनेछन्। चितवन २ सहित तनहुँ १ र बारा २ मा भोलि उपनिर्वाचन हुँदै छ । 


  • सम्बन्धित विषय:

  • # भोलि चितवनमा सवारीसाधन बन्द
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend