कात्तिक २ गते २०८३ || October 18, 2026

'कम्युनिष्ट सरकार धेरैलाई पचेको छैन' : अध्यक्ष नेपाल


पिपल अनलाइन
शनिबार, वैशाख ९ २०८००४:२२

'कम्युनिष्ट सरकार धेरैलाई पचेको छैन' : अध्यक्ष नेपाल

काठमाण्डौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान कम्युनिष्ट सरकार कतिपयलाई नपचेको बताएका छन् ।

 ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बनेको कम्युनिष्ट सरकार कतिपयलाई अपाच्य भएको बताए । 

 उनले आफूले सरकारसँग सहमति भइसकेपछि पनि मिटरब्याजी आन्दोलनमा उत्रिरहेको भन्दै उनीहरुलाई परिचालन गरी षड्यन्त्र रचेको हुनसक्ने आरोप लगाए । उनले कम्युनिष्ट सरकारविरुद्ध षड्यन्त्र रच्ने काम भइरहेको भन्दै सजग रहनुपर्ने बताए । 


  • सम्बन्धित विषय:

  • # 'कम्युनिष्ट सरकार धेरैलाई पचेको छैन' : अध्यक्ष नेपाल
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend