कात्तिक ३ गते २०८३ || October 19, 2026

'दुई तिहाई बहुमत बचाउन नसकेकोमा दु:खित छौँ' : प्रधानमन्त्री प्रचण्ड


पिपल अनलाइन
शनिबार, वैशाख ९ २०८००४:३९

'दुई तिहाई बहुमत बचाउन नसकेकोमा दु:खित छौँ' : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनलाई सही विचारका आधारमा अगाडी लैजाने बताए ।  

कम्युनिष्टहरुले ल्याएको दुई तिहाई बहुमत बचाउन नसकेको बताउँदै अध्यक्ष प्रचण्डले त्यसलाई किन बचाउन सकिएन भन्ने सवालमा त्यसको जिम्मेवारी सबैले लिनुपर्ने बताए । अहिले कम्युनिष्टहरुको समूह धेरै भएपनि जनतामा लोकप्रिय कम्युनिष्ट पार्टी नै रहेको उनले बताए ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नरबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अझै कम्युनिष्ट पार्टीबीच एकताको सम्भावना रहेको बताए । 


  • सम्बन्धित विषय:

  • # 'दुई तिहाई बहुमत बचाउन नसकेकोमा दु:खित छौँ' : प्रधानमन्त्री प्रचण्ड
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend