कात्तिक २ गते २०८३ || October 18, 2026

मतदानलाई निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आयोगको निर्देशन


पिपल अनलाइन
शनिबार, वैशाख ९ २०८००५:२६

मतदानलाई निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौँ - वैशाख १० गते हुने उपनिर्वाचन सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त रुपमा सम्पन्न गर्न सम्बद्ध राजनीतिक दल, उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई निर्वाचन आयोगले आग्रह गरेको छ ।

    निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन कसुर तथा सजाय ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, निर्वाचन आचारसंहिता, २०७९, निर्वाचन विवाद सुनुवाइ र निरुपण सम्बन्धी कार्यविधि, २०७६, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७४ आदिमा भएका कानुनी व्यवस्थाको पालना गरी÷गराई देहायबमोजिम हुन सम्बन्धित मुख्य निर्वाचन अधिकृतमार्फत मतदान कार्यमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत सम्बद्ध कर्मचारीलाई आयोगले विशेष निर्देशन दिएको छ ।

    आयोगले मतदातालाई मतदानका लागि सहज र सुरक्षित वातावरण बनाई मतदान केन्द्रमा जाँदा प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा वा यस्तै प्रकृतिका सामान लिएर जान तथा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा प्रवेश गर्न निधेष गरिएको जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # मतदानलाई निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आयोगको निर्देशन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend