सिन्धुपाल्चोक - बाढी पहिरोबाट जनधनको क्षति कम गर्न मेलम्ची बजार, तालामाराङ र बाहुनेपाटी बजारमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरी परीक्षण सफल भएको छ । गत असार १ गते र त्यसपछिका भेमाथाङ पहिरो मेलम्ची बाढीमा परिणत भएर आएपछि ठूलो धनजनको क्षति पु¥याएपछि यो वर्ष त्यस्तो क्षति हुनबाट जोगाउन साइरन जडान गरेर सफल परीक्षण सम्पन्न भएको छ ।
मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा साइरन जडान गरिएको सो नगरका प्रमुख आइतमान तामाङले जानकारी दिदिए। उक्त पूर्वसूचना प्रणालीले मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्को जोखिमलाई कम गरी जनधनको क्षति हुनै नदिन साइरन जडान गरेर सफल परीक्षण गरिएको मेयर तामाङले बताए ।
उक्त नगरले आफ्नै लगानीमा रामलक्ष्मण इनोभेसन प्रालिको सहयोगमा ‘अर्लि वार्निङ सिस्टम’ साइरन प्रविधि जडान गरेको थियो । अहिले पनि मेलम्ची नदीको बाहव बढ्दै आएको छ । संरक्षित आवासका लागि बाढी पहिरोग्रस्त क्षेत्रका नागरिकलाई तीनै तहका सरकारले उचित ध्यान दिनुपर्ने बाढीपीडित तथा सामाजिक अगुवा सागरकुमार श्रेष्ठले सरकारसँग आग्रह गरेको छ ।