कात्तिक २ गते २०८३ || October 18, 2026

गण्डकीमा एमाले सरकार ढल्यो, मुख्यमन्त्री अधिकारीले पाएनन् बिश्वासको मत 


पिपल अनलाइन
आइतबार, वैशाख १० २०८००६:५०

गण्डकीमा एमाले सरकार ढल्यो, मुख्यमन्त्री अधिकारीले पाएनन् बिश्वासको मत 

 कास्की - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् ।

शनिबार गण्डकी प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री अधिकारी पदमुक्त भएका हुन् । विश्वासको मतका लागि भएको मतदानमा सहभागी ५० प्रदेशसभा मध्ये २४ जनाले मात्रै विश्वासको पक्षमा मत दिएका थिए भने ३५ जनाले विश्वासको विपक्षमा मत दिएका थिए ।

अधिकारीलाई एमाले बाहेक राप्रपाका दुई सांसदले साथ दिएका थिए भने माओवादी केन्द्र, कांग्रेस र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेका थिए । अधिकारीले माओवादी केन्द्र र राप्रपाको समर्थनमा गत पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसअघि अधिकारीलाई समर्थन गरेको माओवादीले समर्थन फिर्ता लिएपछि अधिकारीले शनिबार विश्वासको मत मागेका थिए ।


  • सम्बन्धित विषय:

  • # गण्डकीमा एमाले सरकार ढल्यो, मुख्यमन्त्री अधिकारीले पाएनन् बिश्वासको मत
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend