कात्तिक २ गते २०८३ || October 18, 2026

महानगरमाथि सहरी विकास मन्त्रालयको लाञ्छना : फोहोरका नाममा शुल्क असुली मात्र


पिपल अनलाइन
आइतबार, वैशाख १० २०८००८:१०

महानगरमाथि सहरी विकास मन्त्रालयको लाञ्छना : फोहोरका नाममा शुल्क असुली मात्र

काठमाण्डौँ - फोहोर व्यस्थापनमा काठमाडौं महानगरले न्यूनतम जिम्मेवारी पनि पूरा नगरेको भन्दै संघीय सरकारले महानगरलाई दुईपटक चिठी पठाएको छ । सहरी विकास मन्त्रालयका सहसचिव एवं बन्चरे डाँडा ल्यान्डफिल्ड आयोजना कार्यान्वयन एकाइका आयोजना निर्देशक रवीन्द्र बोहोराका अनुसार संघीय सरकारले बनाएको मापदण्ड न्यूनतम रूपमा पनि पूरा नगरी काठमाडौं महानगरले फोहोर विसर्जन गरेकाले २०७९ असार ३ र पुस २७ गते गरी दुईपटक महानगरलाई चिठी पठाएको छ ।

सहरीले दुईदुईपटक चिठी पठाउँदासम्म महानगरले संघीय सरकारलाई वेवास्ता गरेको उनले बताए। सहरीले महानगरलाई पठाएको चिठीमा मापदण्डबमोजिम फोहोरमैला विसर्जन गर्नुपूर्व कुहिने र नकुहिने फोहोर छुट्याएर नराखेको, फोहोरको तौल लिई अभिलेख नराखेको, तोकिएको निश्चित स्थानमा फोहोर विसर्जन नगरेको, भेन्ट पाइप ९ फोहोरबाट उत्पन्न ग्यास जाने पाइप० मापदण्डबमोजिम विस्तार नगरेकोलगायत विषयमा विभागले महानगरपालिकाको ध्यानाकर्षण गराएको छ । यस विषयलाई महालेखापरीक्षकको कार्यालयको पछिल्लो प्रतिवेदनले पनि गम्भीर ध्यानाकर्षण गराएको छ । यो समाचार नागरिक दैनिकमा छ।


  • सम्बन्धित विषय:

  • # महानगरमाथि सहरी विकास मन्त्रालयको लाञ्छना : फोहोरका नाममा शुल्क असुली मात्र
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend