कात्तिक २ गते २०८३ || October 18, 2026

मधेश प्रदेशका मुख्यमन्त्रीलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण


पिपल अनलाइन
आइतबार, वैशाख १० २०८०११:४५

मधेश प्रदेशका मुख्यमन्त्रीलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ- निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । बारा २ मा भइरहेको उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी कार्य गरेको भन्दै आयोगले आइतबार स्पष्टीकरण सोधेको हो ।

ुअनुमतिबीनै पचरौता नगरपालिका क्षेत्रमा के कति कारणले जानु भएको हो ? तपाईं त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? तपाईंलाई कारवाही किन नगर्ने ? भनी २४ घण्टे स्पष्टीकरण सोधिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको चुनावी प्रचारका क्रममा आचारसंहिता उल्लंघन गरेको आरोप उनीमाथि छ ।


  • सम्बन्धित विषय:

  • # मधेश प्रदेशका मुख्यमन्त्रीलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend