असोज ३० गते २०८३ || October 16, 2026

नेकपा एमाले कैलालीका अध्यक्ष थापालाई कारबाही गर्न सिफारिस


बिहीबार , असार ९ २०७९११:३६

नेकपा एमाले कैलालीका अध्यक्ष थापालाई कारबाही गर्न सिफारिस

धनगढी - नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई कारबाही गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको सचिवालय बैठकले स्थानीय निर्वाचनमा पार्टीकै उम्मेदवारलाई हराउन भूमिका खेलेको पार्टीको हितविपरीत काम गरेको भन्दै कारबाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरिएको हो ।

अध्यक्ष थापाले पार्टीको बैठक समेत नबसी , चुनावी समीक्षाका लागि बेठक बोलाउन पटक–पटक आग्रह गर्दा पनि वेवास्ता गरेका कारण उनलाई कारबाहीका लागि सिफारिस गरिएको एमालेका एक नेताले बताए । बिहीबार दिउँसो २ बजे बोलाइएको सचिवालय बैठकमा अध्यक्ष थापा अनुपस्थित रहेका थिए ।

उपाध्यक्ष दुर्गा जोशी, सचिव डेजी पाण्डे, सह–सहिच ममता प्रसाद चौधरी सहित अन्य पदाधिकारीको भने बैठकमा उपस्थिती रहेको थियो । एमाले स्रोतका अनुसार थापालाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गर्न प्रदेश कमिटीलाई सिफारिस गरिएको छ ।

 


  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # नेकपा एमाले
  • # नेकपा एमाले कैलाली


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend