कात्तिक २ गते २०८३ || October 18, 2026

उपनिर्वाचनको मतदान समय सकियो, मतगणना आजैबाट सुरु गरिने !


पिपल अनलाइन
आइतबार, वैशाख १० २०८००५:३६

उपनिर्वाचनको मतदान समय सकियो, मतगणना आजैबाट सुरु गरिने !

 काठमाण्डौँ - प्रतिनिधिसभामा प्रत्यक्षतर्फ रिक्त ३ सीटमा भएको उपनिर्वाचनको मतगणना आजै हुने भएको छ  । 

बारा २, चितवन २ र तनहुँ १ मा आइतवार भएको मतदानको गणना आजै साँझदेखि शुरू गर्ने तयारी भएको हो ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार बारा( २ मा साँझ साढे ७ बजेसम्ममा मतपेटिका संकलन गरिसक्ने तयारी छ ।
त्यसलगत्तै प्रक्रिया पूरा गरेर गणना शुरू हुनेछ ।

ुमतपेटिका संकलन गरेर ल्याएलगत्तै सर्वदलीय सहमतिपछि गणना शुरू गर्न निर्देशन दिइसकिएको छ,ु थपलियाले भने ।
त्यसैगरी चितवन २ मा मतपेटिका संकलन गर्न राति साढे १० समेत बज्न सक्ने हुनाले त्यसपछि मतगणना शुरू हुने उनले बताए ।
तनहुँ १ मा भने देवघाटदेखिको मतपेटिका लैजान समय लाग्ने हुँदा राति १२ नै बज्न सक्ने उनको भनाइ छ ।


  • सम्बन्धित विषय:

  • # उपनिर्वाचनको मतदान समय सकियो, मतगणना आजैबाट सुरु गरिने !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend