असोज २९ गते २०८३ || October 15, 2026

एमालेमै फर्किने सम्भावना बढ्यो : मन्त्री श्रेष्ठ


शुक्रबार, असार १० २०७९०४:४३

एमालेमै फर्किने सम्भावना बढ्यो : मन्त्री श्रेष्ठ

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका नेता तथा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री फेरबदलको प्रकरणमा पार्टीले गलत शैली अपनाएको उल्लेख गर्दै गल्ती महसुस नगरेर आफूहरु जुनसुकै निर्णयमा पुग्न बाध्य हुने चेतावनी दिएका छन्। उनले अहिले नै पार्टीभित्र आफूहरुले विग्रह र विभाजनको कल्पना नगरेको तर ‘डिलमा पुर्‍याएर लात्तिले हान्न खोजे जे पनि हुने’ बताए।

‘पार्टीमा विभाजन, बिग्रह आउने कुरा हामीले सोचेका छैनौं तर डिलमा पुर्‍याएर लात्ताले हिर्कायो भने त जे पनि गर्न सक्छौं नि,’ मन्त्री श्रेष्ठले भने,’ हामीले पार्टी छोड्ने कल्पना अहिलेसम्म गरेका छैनौं। तर परिस्थिति त्यस्तो बनाइदियो भने जे पनि हुन सक्छ।’

उनले बजेट पास भएपछि छोड्छौैं भन्दा पनि पार्टीले त्यो कुरा नसुनेकोमा उनले गुनासो गरे। ‘हामी पार्टीले गरेको निर्णय मान्छौं त्यसमा दुईमत छैन। हामी एकमत छौं,’ उनले भने, ‘तर बजेट पास भएपछि हामीले छोड्छौं भनेकै हौं। त्यसो भन्दा सुख पाइएन अपराधी जस्तो व्यवहार भयो।’ उनले पार्टीबाट मन्त्री भएकाहरु कसैलाई राख्ने र कसैलाई हटाउने कदम अनुचित भएको बताए।

उनले पार्टीले गल्ती महसुुस गर्नै पर्ने बताए। ‘पार्टीले हामी पनि कार्यकर्ता हौं भन्ने ठानेर गल्ती महसुस गर्नुपर्‍यो त्यसमा पार्टीप्रति हामी बफादार छौं । पार्टीले गरेको निर्णय स्वीकार्छौं। तर पार्टीले गल्ती रियलाइज गर्नुपर्‍यो त्यो भयो भने सौहार्द्ध हुन्छ। होइन ‘हाकी खेल्ने’ हो भने ‘हाकी खेल्दा’ जे पनि हुनसक्छ।’

माधव नेपाललाई संसदीय दलको नेताबाट हटाउने खेल सुरु, १० सांसदले हस्ताक्षर बुझाए


  • सम्बन्धित विषय:

  • # नेकपा एकीकृत समाजवादी
  • # कृष्णकुमार श्रेष्ठ


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend