कात्तिक २ गते २०८३ || October 18, 2026

चितवन-२ मा उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति 


पिपल अनलाइन
सोमबार, वैशाख ११ २०८०११:४६

चितवन-२ मा उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति 

 चितवन - चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको हो । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ ।

चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् । कांग्रेस उम्मेदवार श्रेष्ठले मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # चितवन-२ मा उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend