असोज ३० गते २०८३ || October 16, 2026

एमसीसी पास हुँदैमा अमेरिकी सेना नेपाल आउने भ्रमबाट मुक्त हुन गृह मन्त्री खाणको आग्रह


शुक्रबार, फागुन २७ २०७८०३:३५

एमसीसी पास हुँदैमा अमेरिकी सेना नेपाल आउने भ्रमबाट मुक्त हुन गृह मन्त्री खाणको आग्रह

काठमाण्डाै - गृह मन्त्री बालकृष्ण खाणले अमेरिकी सहयोग परियोजना(एमसीसी) पास हुँदैमा अमेरिकी सेना नेपाल आउने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् । शुक्रवार काठमाण्डाैमा नेपाल निर्माण व्यवसायी महासङ्घको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृह मन्त्री खाणले सो कुरा बताएका हुन् ।

गृह मन्त्री खाणले एमसीसी कुनै सैनिक राजनीतिक र प्रशासनिक सम्झौता नभएर विकास साझेदारीका लागि भएको बताए। उनले एमसीसी प्रस्ताव संसदबाट पास हुँदैमा बिजुलीको तारमा अमेरिकाबाट सेना नआउने प्रस्ट पारे। गृह मन्त्री खाणले बिजुलीको तारमा सेना नभएर बिजुली नै आउने टिप्पणी गरे। 

उनले भने, ‘प्रधानमन्त्रीको दृढता र प्रतिनिधि सभाका सदस्यहरूले साथ दिएर एमसीसी पास भएको छ । एमसीसी प्रस्तावको विषयमा आर्थिक क्षेत्रले सकारात्मक रूपमा लिएको छ। एमसीसी कम्पनी र नेपाल सरकारबीच सम्झौता भएर अगाडि बढेको हो । यो कुनै सैनिक सम्झौता होइन । कुनै राजनीतिक र प्रशासनिक सम्झौता पनि होइन । यो सम्झौता विकास साझेदारीको लागि हो ।


  • सम्बन्धित विषय:

  • # एमसीसी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend