कात्तिक २ गते २०८३ || October 18, 2026

सभापति रवि लामिछानेले लिए निर्वाचित भएको प्रमाणपत्र 


पिपल अनलाइन
मंगलबार, वैशाख १२ २०८००२:२६

सभापति रवि लामिछानेले लिए निर्वाचित भएको प्रमाणपत्र 

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र लिएका छन् ।

चितवन २ मा भारी मतान्तरले विजयी भएपछि उनलाई निर्वाचन कार्यालले प्रमाणपत्र प्रदान गरेको हो । अन्तिम परिणामअनुसार लामिछानेले ५४ हजार १७६ मत पाए ।

उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरे । दुईजनाबीचको मतान्तर ४२ हजार ९६२ रहेको छ । एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने १० हजार ९३६ मत ल्याएर तेस्रो बने । मंसिर ४ को चुनावमा रविले ४९ हजार ३०० मत प्राप्त गरेका थिए ।


  • सम्बन्धित विषय:

  • # सभापति रवि लामिछानेले लिए निर्वाचित भएको प्रमाणपत्र
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend