कात्तिक २ गते २०८३ || October 18, 2026

प्रतिनिधिसभा बैठक बस्दै, सम्भावित कार्यसूचीहरु के-के छन् ? 


पिपल अनलाइन
बुधबार, वैशाख १३ २०८००६:४३

प्रतिनिधिसभा बैठक बस्दै, सम्भावित कार्यसूचीहरु के-के छन् ? 

काठमाडौँ - प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन बानेश्वरमा आज दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । आजको बैठकबाट संसदीय समितिको काम कारवाही सुरु हुनेछ ।

जसअनुसार संसदीय सुनवाई समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गरिनेछ । बैठकमा, प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार बिशेष समिति गठन गर्नका लागि सांसद इश्वरीदेवी न्यौपानेले प्रस्ताव पेश गर्ने तथा सांसद रघुजी पन्तले समर्थन गर्ने अर्को कार्यसूची पनि बनाइएको छ ।

आजको सम्भावित कार्यसूचीमा उल्लेख भए अनुसार संवैधानिक परिषद सम्बन्धि विद्येयक आजै पारित गरिनेछ । 


  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा बैठक बस्दै, सम्भावित कार्यसूचीहरु के-के छन् ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend