असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्रियसभाले संसदीय सुनुवाइ समितिमा जाने सदस्यको नाम टुंग्यायो 


पिपल अनलाइन
बुधबार, वैशाख १३ २०८००२:१५

राष्ट्रियसभाले संसदीय सुनुवाइ समितिमा जाने सदस्यको नाम टुंग्यायो 

काठमाडौँ - प्रतिनिधिसभाले टुंगो नलगाउँदै राष्ट्रियसभाले संसदीय सुनुवाइ समितिमा रहने सदस्यको नाम टुंग्याएको छ । संघीय संसद्का दुवै सदनको प्रतिनिधित्व रहने संयुक्त समिति मध्येको संसदीय सुनुवाइ समितिमा १५ सदस्यमध्ये तीन सदस्य राष्ट्रियसभाबाट हुने व्यवस्था छ । त्यसका लागि राष्ट्रियसभाले आज नाम टुंग्याएको हो । 

राष्ट्रियसभाको बुधबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्ताव गरेको थिए । अध्यक्षले प्रस्ताव गरेका एमालेका देवेन्द्र दाहाल, कांग्रेसका रमेशजंग रायमाझी र माओवादी केन्द्रका जगप्रसाद शर्माको नामलाई राष्ट्रियसभाले अनुमोदन गरेको छ । 

अब राष्ट्रियसभाका तर्फबाट यी तीनजना सदस्य रहन्छन् । बाँकी १२ जना प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्छन् । यसअघि सोमबार बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्षको बैठकले संसदीय सुनुवाइ समितिको सभापति नेपाली कांग्रेसले पाउने सहमति गरेका छन् । 


  • सम्बन्धित विषय:

  • # राष्ट्रियसभाले संसदीय सुनुवाइ समितिमा जाने सदस्यको नाम टुंग्यायो
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend