कात्तिक १ गते २०८३ || October 17, 2026

प्रधानमन्त्री देउवाको मन्त्रिपरिषद्‍मा पाँच नयाँ अनुहार : शपथ सोमबार हुने 


आइतबार, असार १२ २०७९११:२०

प्रधानमन्त्री देउवाको मन्त्रिपरिषद्‍मा पाँच नयाँ अनुहार : शपथ सोमबार हुने 

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गरेको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । 

कार्यविभाजन अनुसार पाँच जना नयाँ अनुहार मन्त्रिपरिषद्‍मा समावेश भएका छन्। जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या  र शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् । 

त्यसैगरी मन्त्रिपरिषद्‍मा स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी हिराचन्द्र केसीले पाएको छ। 

मन्त्रिपरिषद् हेरफेरपछि प्रधानमन्त्री, २० मन्त्री र तीन राज्यमन्त्री रहनुभएकाे छ। नवनियुक्त मन्त्रीको शपथ सोमबार बिहान ११ बजे हुने जानकारी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिए । 

 

 


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री देउवा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend