असोज ३० गते २०८३ || October 16, 2026

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि अन्त्य


पिपल अनलाइन
शनिबार, वैशाख १६ २०८००७:०१

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि अन्त्य

काठमाडौँ - संघीय संसदको दुवै सदनको चालु हिउँदे अधिवेशन आज मध्यरातबाट अन्त्य हुने भएको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषदको वैशाख १२ गतेको सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले अधिवेशन अन्त्य गरेका छन् । यादवले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०र०१र१२ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल वैशाख १५ गते शुक्रबार राती १२:०० बजेदेखि अन्त्य गरेको छु ।’

राष्ट्रिय सभामा १३ औं अधिवेशन अन्तर्गत यो हिउँदे अधिवेशनमा १९ बैठक बसेको छ भने प्रतिनिधि सभामा २८ बैठक बसेको छ ।


  • सम्बन्धित विषय:

  • # संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि अन्त्य
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend