कात्तिक २ गते २०८३ || October 18, 2026

महावीर पुनको आन्दोलनमा रवि लामिछानेको समर्थन 


पिपल अनलाइन
शनिबार, वैशाख १६ २०८००४:४३

महावीर पुनको आन्दोलनमा रवि लामिछानेको समर्थन 

काठमाडौँ - राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको जारी आन्दोलनमा समर्थन जनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माईतीघर मण्डला पुगेका छन् ।

शुक्रबारदेखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रेका पुनको आन्दोलनमा समर्थन जनाउन लामिछाने माइतीघर मण्डला पुगेका हुन् । हिजो रातभर माइतीघर मण्डलामा सुतेर पुनले प्रदर्शन गरेका थिए ।

‘आफ्नो जायज माग पुरा गर्न राज्यले सोच्नु पर्ने कुरालाई सम्बोधन गर्नका लागि सडकमा आएर आन्दोलन गर्नुपरेको छ, यो देशको एउटा सांसदको हिसाबले दुःखी छु, तपाईको काम हामीले गर्नुपर्ने थियो, बेलैमा ठिक समयमा गर्न नसकेकोमा क्षमा चाहान्छु, हाम्रोतर्फवाट गर्नुपर्ने काम हामी गर्नेछौं,’ नवनिर्वाचित सांसद लामिछानेले भने । आफनो माग सम्बोधन नभएसम्मका लागि माइतीघर मण्डलामा नै रहने पुनले जनाउँदै आएका छन्। हिजो रातभर उनी माइतीघर मण्डलाको सडकमा सुतेका थिए।


  • सम्बन्धित विषय:

  • # महावीर पुनको आन्दोलनमा रवि लामिछानेको समर्थन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend