कात्तिक २ गते २०८३ || October 18, 2026

एमाले आवद्ध राष्ट्रिय युवा संघद्धारा प्रधानमन्त्री दाहालको पुत्ला दहन 


पिपल अनलाइन
शनिबार, वैशाख १६ २०८००५:०७

एमाले आवद्ध राष्ट्रिय युवा संघद्धारा प्रधानमन्त्री दाहालको पुत्ला दहन 

 काठमाडौँ - नेकपा एमालेमा आवद्ध राष्ट्रिय युवा संघ, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला दहन गरेको छ ।

सरकारविरुद्ध उत्रिएका युवा संघ, नेपालका कार्यकर्ताले अयोग्य लडाकुलाई २ लाख रुपैयाँका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न माग गर्दै प्रधानमन्त्री दाहालको पत्ला दहन गरेका हुन् ।

उनीहरुले लडाकुको नाममा अर्बौ घोटला गर्न खोजेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी लगाएका थिए । अयोग्य लडाकुको नाममा राजनीतिक अभिष्ट पूरा गर्ने गरी ल्याइएको कार्यविधि तत्काल खारेज नगरे देशभर आन्दोलन गर्ने संघका अध्यक्ष क्षितिज थेबेले चेतावनी दिए । 


  • सम्बन्धित विषय:

  • # एमाले आवद्ध राष्ट्रिय युवा संघद्धारा प्रधानमन्त्री दाहालको पुत्ला दहन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend