कात्तिक २ गते २०८३ || October 18, 2026

प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता


पिपल अनलाइन
आइतबार, वैशाख १७ २०८०११:३५

प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चितवन-२ बाट भारी मतान्तरले विजयी बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । निर्वाचित भएपछि पहिलो पटक बालुवाटार पुगेका लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले बधाइ दिएका थिए ।

निर्वाचित भए लगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने सक्ने अभिव्यक्ति दिएका लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले केही दिन अघि फोन गरेर सो विषयमा चासो राखेका थिए । सरकारले जनहितमा प्रभावकारी काम गर्न नसकेको भन्दै रास्वपाभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने मत बलियो छ । आजको भेटवार्तामा सो विषयमा पनि छलफल भएको बताइएको छ। रास्वापाले सोमबार केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend