असोज ३० गते २०८३ || October 16, 2026

जनकपुरधामबाट ब्राउन सुगरसहित दुईजना पक्राउ


शुक्रबार, असार १७ २०७९०८:०९

जनकपुरधामबाट ब्राउन सुगरसहित दुईजना पक्राउ

जनकपुर - जनकपुरधामबाट ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका वडा नम्बर ८ खोजपुर बस्ने २४ वर्षीया रजनी कुमारी चौधरी र सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय मोहम्मद आरीफ हुसेन रहेको धनुषा प्रहरीले जनाएको छ ।

उनीहरुलाई बिहिवार साँझ बिशेष सूचनाको आधारमा पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

उनीहरुको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८२० मिली ग्राम र चुना जस्तो देखिने पदार्थ १ ग्राम ३७० मिली ग्राम बरामद गरेको प्रवक्ता क्षेत्रीले बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

 


  • सम्बन्धित विषय:

  • # ब्राउन सुगर
  • # पक्राउ


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend